काठमाडौको भित्री गल्लीमा आगो निभाउन जडान गरिएका पाइप लाइनको सफल परीक्षण

काठमाडौको भित्री गल्लीमा आगो निभाउन जडान गरिएका पाइप लाइनको सफल परीक्षण

काठमाडौँ : उपत्यका भित्र दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ । महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको ४ इञ्चे फलामे पाइपबाट परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा काठमाडौँ दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिएको हो । उक्त चोकबाट करीब १०० मिटरभित्र अग्लो घरको चौथो तलामा धुवाँ आइरहेको थियो ।

अग्नि नियन्त्रकहरुले मांसगल्लीको मुखै छेउमा भएको फलामे पाइप ९इनलेट० मा पाइप जोडेका हुन् । यस क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चौथो तलामै पाइप पु¥याएर पनि आगो नियन्त्रण गरिएको थियो । करीब २०० मिटर लामो यस प्रणालीको बीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन् । आगलागीका समयमा आवश्यकताअनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ ।