एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको मृत्यु

एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको मृत्यु

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–८, एसपीमोडमा शनिबार बिहान एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

एक्स्काभेटर बोकेर भेडेटारबाट राजारानी हुँदै ६ नम्बर बुधबारेतर्फ जाँदै गरेको ना ७ ख ७९१७ नम्बरको टेलर सडकमा पल्टिँदा त्यसैले थिचेर सह–चालक ३० वर्षीय राजकुमार राईको घटनास्थलमा नै मृत्यु भएको हो । ज्यान गुमाएका सहचालक राईको ठेगाना भने खुल्न सकेको छैन ।कच्ची सडकमा घुम्ती मोड्ने क्रममा टेलर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताएका छन् ।

सडकमा टेलर पल्टिएपछि ६ नम्बर बुधबारे, राजारानी, भेडेटार सडक एकतर्फी रुपमा मात्र सञ्चालनमा आएका छन् । अहिले गाडी हटाएर पूर्णरुपमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । घटनापछि गाडी चालक संखुवासभाको धर्मदेवी नगरपालिका–९ का ३१ वर्षीय बिन्दुराज महतलाई इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ भने मृतक राईको शव पोष्टमार्टमको लागि धनकुटा ल्याउने क्रममा रहेको एसपी कोइरालाले जानकारी दिएका छन् ।