जोरपाटी–सुन्दरीजल सडक खण्डमा दुई दिन सवारीसाधन नचल्ने

जोरपाटी–सुन्दरीजल सडक खण्डमा दुई दिन सवारीसाधन नचल्ने

काठमाडौं : काठमाडौको गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–सुन्दरीजल सडक खण्डमा दुई दिन सवारीसाधन चल्नमा रोक लगाएको छ। नगरपालिकाले सडक निर्माणका लागि रेखांकनको काम हुने भएकाले शुक्रबार र शनिबार सवारी चलाउनमा रोक लगाएको हो। अहिले गोकर्ण क्षेत्रको सडक खन्ने काम भइरहेको छ।

भौतिक पूर्वाधार तथा यायातायात मन्त्रालय र गोकर्णेश्वर नगरपालिकासँग भएको सम्झौताअनुसार सार्वजनिक जग्गा भएकोमा २२ मिटर चौडा सडक गर्ने र व्यक्तिगत जग्गा भएको ठाउँमा भने १४ मिटर सडक चौडा गर्नुपर्ने गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले जानकारी दिए । नगरपालिकाले गत मंसिर महिनाबाट सडक रेखांकनका लागि घर टहरा हटाउने, घरका पेटी भत्काउने काम सुरु गरेको थियो।