प्रचण्डको भनाईप्रति ओलीको आलोचना : लेनिन भन्दा जान्ने भए प्रचण्ड

प्रचण्डको भनाईप्रति ओलीको आलोचना : लेनिन भन्दा जान्ने भए प्रचण्ड

काठमाडौ । दिनानुदिन ओरोलो लागेको सेयर बजारप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भनाईप्रति आलोचना गरेका छन् । उनले प्रचण्ड लेलिन भन्दा पनि दुई स्टेप बाठो बन्न खोजेको टिप्पणी गरे । 

पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘प्रचण्डले बडो क्रान्तिकारी, साम्राज्यवादको विकसित रुप सेयर बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ उनले थपे, ‘लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा दुई स्टेप माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर नयाँ थेसिस ठोकिदिए प्रचण्डले ।’

उनको अभिव्यक्तिले जनताको जीवनस्तरमा कस्तो असर गर्छ भन्ने विषयलाई ख्यालै नगरी बोल्ने प्रचण्डप्रति कडा टिप्पणी गरेका छन् । उनले भने, ‘दुई दिनमा शेयर बजार धराशायी भयो । लगानीकर्ताको अवस्था के हुन्छ मतलब छैन । कुन शेयर कारोबारीले चन्दा दिएन होला, ध्वस्त बनाइदिन्छु, नरहे बाँस नरहे बाँसुरी । ’

यदी आफूहरुले त्यस्तो अभिव्यक्ति दिएको भए सडक आन्दोलन भइसक्ने तर अरुले बोल्द मौन भएकोप्रति उनले आक्रोश व्यक्त गरे ।