काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज देशको समसामयिक राजनीतिक परिस्थिति र समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आइतबार दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष पत्रकार सम्मेलन तथा सम्बोधनको आयोजना गरिएको हो।
सम्बोधनका क्रममा सभापति थापाले देशको पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, सांगठनिक सुधारका कदम तथा आम नागरिकका चासोका विषयहरूमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।
उक्त विशेष सम्बोधनलाई नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेज तथा विभिन्न सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष (लाइभ) प्रसारण गरिने व्यवस्था मिलाइएको पार्टी कार्यालयले जनाएको छ।