२२ भोट ल्याएका कल्याण गुरुङले देउवालाई समर्थन गर्ने

२२ भोट ल्याएका कल्याण गुरुङले देउवालाई समर्थन गर्ने

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हिजो सोमबार पहिलो चरणको मतदान भइसकेको छ । पहिलो चरणको मतदानमा प्रतिष्पर्धी कोहीले पनि ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको मतदान हुँदैछ । 

दोस्रो चरणको मतदानका लागि सभापतिमा शेर बहादुर देउवा र डा.शेखर कोइराला भिड्दैछन् । उनीहरुलाई अन्य तीन उम्मेदवारले साथ दिने जनाइएको छ । 

सभापतिका लागि पहिलो चरणको मतदानमा सबैभन्दा कम २२ भोट ल्याएका उम्मेदवार कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले एक भिडियो सम्बोधनमार्फत आफूले देउवालाई समर्थन गरेको घोषणा गरेका हुन् ।