कांग्रेस महाधिवेशनप्रति ओलीको टिप्पणी : हाम्रो अधिवेशन यस्तो भएको भए उडाएर चंगाभन्दा माथि पुर्‍याइन्थ्यो

कांग्रेस महाधिवेशनप्रति ओलीको टिप्पणी : हाम्रो अधिवेशन यस्तो भएको भए उडाएर चंगाभन्दा माथि पुर्‍याइन्थ्यो

भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसको महाधिवेशनप्रति टिप्पणी गरेका छन् । उनले कांग्रेस महाधिवेशन भद्रगोल भएको संकेत गरेका छन् । 

महाधिवेशनपछि पहिलोचोटि भक्तपुरमा आयोजना गरिएको दुईदिने बैठकमा अध्यक्ष ओलीले आगामी कार्यदिशाबारे नेताहरुलाई भन्दै गर्दा नेपाली कांग्रेसको महाधिवेशनबारे पनि टिप्पणी गर्न भ्याएका हुन् । उनले भने, ‘हाम्रो अधिवेशन कांग्रेसको जस्तो हुन्थ्यो भने हामीलाई उडाएर चंगाभन्दा माथि पुर्याइन्थ्यो ।’

बैठकमा सत्ता गठबन्धन पाँच दल एक ध्रुव भएको र नेकपा एमाले  समाजवादको आधार तयार गर्दै अगाडि बढेको दावी गरे । उनले आगामी निर्वाचनमा एमालेले एक्लैले ६० प्रतिशत मत ल्याउने दाबी गरे । त्यसका लागि अब गाउँ–गाउँमा जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम शुरु गर्नुपर्ने भन्दै नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए । 

पार्टीमा जिम्मेवारी बाँडफाँटको एजेण्डामाथि भएको छलफलमा केही असन्तुष्टिहरू देखिए पनि ओलीले अब चुनावमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिए ।

बैठकमा पूर्वमाओवादी नेता रामबहादुर थापा, लेखराज भट्ट लगायतलाई मञ्चमा राखेर ओलीले अबको राज्य परिवर्तन हिंसाबाट सम्भव नरहेको भन्दै जनतासँग मिल्न सक्ने गुण हुनुपर्ने र विचार सुन्ने खालको भए जनताले प्रशंसा गर्ने हुनुपर्ने धारणा व्यक्त गरे । नेकपा एमालेमा शैलीगत पक्ष केही कमजोर भएपनि त्यसले पार्टीको छवि गिर्ने काम नगर्न आग्रह गरे ।