सभापतिका चार उम्मेदवारले मतदान गरे, काे बाँकी ?

सभापतिका चार उम्मेदवारले मतदान गरे, काे बाँकी ?

काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ । नेपाली कांग्रेसका ४ हजार ७४३ प्रतिनिधिले मतदान गरिरहेका छन् । 

कांग्रेसको एक सभापतिका लागि उम्मेदवारी दिएका पाँच मध्ये चार जनाले मतदान गरेका छन् ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका छन् भने सभापतिका अर्का उम्मेदवार कल्याण गुरूङले भने मतदान गर्न बाँकी रहेको निर्वाचन सिमितिले जनाएको छ । 

उनीहरुले एक/एक घण्टा लगाएर मतदान गरेका हुन् । 

कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन भइरहेको छ । 

जसमध्ये भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ गरी जम्मा ८१४ बुथबाट मतदान भइरहेकाे छ । 

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । दिउँसो २ बजेसम्म ६०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।