गोंगबुबाट तीन किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई शुक्रबार बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई नक्कली सुनको सिक्का बोकेर हिँडीरहेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । पक्राउ परेका गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको लम्सालले बताए ।