ओलीले पक्षपात गरे : रावल

ओलीले पक्षपात गरे : रावल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो र स्थायी कमिटी गठन तथा कार्यविभाजन प्रस्ताव राखेका थिए ।  ओलीले तयार पारेका नामहरु पोलिटब्युरो र स्थायी कमिटीका लागि प्रस्ताव गर्दा एमालेमै केही नेताहरुले असन्तुष्टि जनाइरहँदा ओलीले  पारित पनि गराए । 

ओलीको यस्तो कदमले पूर्णत अन्याय र पक्षपात भएकाे केन्द्रीय सदस्य एवं सांसद झपट रावलको आरोप छ । केन्द्रीय समितिको बैठकपछि बोल्दै मन्त्री रावलले सबै सांसदहरूलाई जिम्मेवारी दिँदा १० बुँदे गरेर एमालेमै रहेकाहरूलाई कुनै जिम्मेवारी नदिएको भन्दै उनले पक्षपात गरेको आरोप लगाए ।

संसद् विघटनको विपक्षमा रहेका सांसदहरूलाई छानीछानी कुनै पनि महत्वपूर्ण जिम्मेवारी नदिनुले अध्यक्ष ओली वाचाविपरीत गएको रावलको भनाइ छ । 

रावलले अध्यक्ष ओलीले बोलीमा एउटा र व्यवहारमा अर्कै गरेको आरोप लगाए । ओलीको बोलीले केही आशा जगाएपनि व्यवहारले वितृष्णा ल्याएको दावी गरे ।