कांग्रेसको सभापतिमा पाँच जना प्रतिष्पर्धी

कांग्रेसको सभापतिमा पाँच जना प्रतिष्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि सोमबार मतदान हुँदैछ । त्यसका लागि उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।

महाधिवेशनमा १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्यका  लागि मनोनयन गरेका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको हो । आज प्रकाशित नामावली अनुसार एक सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा उत्रिएका छन् ।

त्यस्तै २ जना उपसभापतिका लागि सात जना, २ जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेद्वारी परेको छ ।

निर्वाचन समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ गरी जम्मा ८१४ बुथबाट कांग्रेसका ४७ सय बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्दैछन् ।