जनताले नपत्याएका अनुहार कांग्रेसमा पदाधिकारी उम्मेदवार

जनताले नपत्याएका अनुहार कांग्रेसमा पदाधिकारी उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसको चालु महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि दौडधुप चलेको छ । पदाधिकारीहरु आन्तरिक चुनाव जित्ने होडमा छन् । ४७७३ मतदातालाई कसरी हुन्छ आकर्षिक गर्नेतर्फ लागीपरेका छन् । 

कतिपय लोकप्रिय अनुहार समेत २०७४ सालकाे संसदीय निर्वाचनमा पराजित भोगेका थिए । जो अहिले आन्तरिक निर्वाचनमा पदाधिकारी जित्ने दौडमा लागेका छन् । 

जसमध्ये सभापतिका प्रतिष्पर्धी डा. शेखर कोइराला जो मोरङबाट चुनाव हारेका हुन् । उनी लालबाबु पण्डितसँग पराजित भएका थिए । सभापतिका अर्का प्रतिष्पर्धी विमलेन्द्र निधि जो २०७४ सालमा राजेन्द्र महतोसँग पराजित भएका थिए ।

त्यस्तै उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी गुल्मीबाट प्रदीप ज्ञवालीसँग हारेका थिए । महामन्त्रीका उम्मेदवारहरुमध्ये डा. प्रकाशशरण महत काठमाडौंको क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

त्यस्तै पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा झापाबाट र प्रदीप पौडेल तनहुँबाट हारेका पदाधिकारी हुन् ।