एमालेको केन्द्रीय सदस्यमा कसरी अटाए दुर्गा प्रसाईं ?

एमालेको केन्द्रीय सदस्यमा  कसरी अटाए दुर्गा प्रसाईं ?

काठमाडौं । नेकपा एमालेको मनोनित केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं अटाउन सफल भएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीले प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेका  हुन् । सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मनोनितको नाम प्रस्ताव गरेका हुन् ।

छलफलबिनै प्रस्ताव पेस गरेको भन्दै पार्टीका वरिष्ठ नेताहरुले असन्तुष्ट समेत पेश गरेका छन् । 

चितवनमा सम्पन्न एमाले महाधिवेशनमै केन्द्रीय सदस्य उठ्ने तयारी गरेका प्रसाईंलाई एमालको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । 

प्रसाईं नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरुको कोटामा सिफारिस भएका हुन् । प्रसाइसहित माओवादी केन्द्रको कोटाबाट केन्द्रीय सदस्य मनोनित हुनेहरुमा चुडादेव सिंह लामा, विषमलाल अधिकारी, शिव लामा, गोविन्द दुवाल, सहदेव वोगटी, वालासिंह काउछा, कृष्ण केसी र चन्द्रबहादुर विश्वकर्मा रहेका छन् ।