लिङदेनको अभिव्यक्तिप्रति ओलीको आपत्ति : भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ

लिङदेनको अभिव्यक्तिप्रति ओलीको आपत्ति : भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधनका क्रममा राप्रपा अध्यक्ष लिङ्दनले ‘नेता गाउँमा जाँदा चोर भन्छन्’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

सोही कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई । भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’

यसअघिका वक्ता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लिङदेनको अभिव्यक्तिप्रति विमति जनाएका थिए । उनले नेताहरुलाई जनताले सम्मान नै गर्ने बताएका थिए ।