हेटौंडामा कार दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा कार दुर्घटना हुँदा एक भारतीय नारिकको मृत्यु भएको छ। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार भीमफेदी–९ अघोरमा बिहीबार राति दुर्घटना हुँदा ४५ वर्षीय भारतीय नागरिक सन्तोष सल्वा कुमारको मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुने दुवैजना भारतीय नागरिक हुन्। दुर्घटनामा गम्भीर घाइते भएका कुमारको शुक्रबार बिहान करिब ६ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइते २४ वर्षीया गोपिका नन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाइते भएको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। तीमध्य एकजनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।