हामीले आन्दोलनका बेला गरेका प्रतिज्ञा सत्तामा पुगेपछि बिर्सियौं : प्रचण्ड

हामीले आन्दोलनका बेला गरेका प्रतिज्ञा सत्तामा पुगेपछि बिर्सियौं : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका बेला जनतासामु उभिएर गरेको प्रतिज्ञा सत्तामा पुगेपछि बिर्सिने गरेको बताएका छन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा अन्य राजनीतिक दलमा मात्रै नभई आफूमा पनि लागु भएको बताए ।

उनले भने, ‘म आफै पनि शान्ति सम्झौतापछि गणतन्त्र नेपालको सबैभन्दा ठूलो पार्टीको प्रधानमन्त्री हुँदा ममा पनि केही अहंकार आएको हो कि, त्यसले गर्दा जनतासँगको मेरो सम्बन्ध चिस्सियो ।’ उनले थपे, ‘जनताका अघि गरिएका प्रतिवद्धताबाट विचलित भएका धेरै उदाहरणहरु छन् ।

नेपाली कांग्रेसले यसलाई मनन गरोस् ।’ सत्तामा पुगेपछि आउने अहंकार र मैमत्ताले प्रवृत्ति गलत भएको भन्दै विकृतीको सिकार किन बन्छन् भन्नेबारे खोजीको विषय भएको पनि उल्लेख गरे । 

नेपाली राजनीतिमा दलहरुबीचको सहकार्यबाट मात्रै ठूला राजनीतिक उपलव्धी हाँसिल भएको भन्दै एक्लै हिँड्दा ओरालो यात्रा सुरु भएको इतिहासले देखाएको बताए । 

अध्यक्ष प्रचण्डले पञ्चायत, बहुमत र गणतन्त्र समेत दलीय सहकार्यबाट प्राप्त भएको स्मरण गर्दै आगामी दिनमा काँग्रेसले शान्ति, संविधान र सहकार्यको बाटोबाट राष्ट्रको विकासका लागि काँग्रेस लाग्ने नीति र नेतृत्व चुनोस् भन्ने प्रचण्डले शुभकामना दिए ।