नेता गाउँमा जाँदा कुन चाहिँ चोर आएछ भन्छन् : राजेन्द्र लिङ्देन

नेता गाउँमा जाँदा कुन चाहिँ चोर आएछ भन्छन् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीति गलत दिशामा गइरहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा अध्यक्ष लिङ्देनले नेताप्रति जनताको विश्वास गुमेको अवस्था रहेको जिकिर गरे ।

उनले भने, ‘कसको नाउ लिउ, मेरो कि अरुको, खेर नाम नलिउ, गाउँमा जाँदा कुन नेता आएछन्, उनीहरुलाई चासो हुँदैन, को चोर आएछ भन्छन्’ उनले थपे, ‘संसद संसद जस्तो छैन, राजनीति राजनीतिजस्तो छैन, अदालत अदालतजस्तो छैन ।,’

२०४७ सालपछि नफुटेको कुनै राजनीतिक पार्टी नभएको भन्दै उनले भने, ‘सबैभन्दा कान्छो विवेकशील पार्टीसमेत फुट्यो ।’ उनले थपे, ‘हामी कहाँ चुक्यौँ, कहाँनेर कमजोरी भयो ? हामीले थाहा जरुरी छ ।’

अध्यक्ष लिङ्देनले नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन पनि नेताहरुलाई आग्रह गरे ।