एक वर्षपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा

एक वर्षपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल देखिएका छन् । झण्डै एक वर्षपछि ओली र प्रचण्डले एउटै मञ्च शेयर गरेका हुन् । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बीचमा बसेका छन् भने दाया र वायाँ ओली र प्रचण्डले मञ्च शेयर गरेका छन् । त्यस्तै प्रचण्डसँगै नेपाल पनि बसेका छन् । 

एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपामा चलेको विवादपछि ओली र प्रचण्ड एकसाथ देखिएका थिएनन् । नेकपा विवाद एमालेमा पनि देखिएपछि झण्डै पाँचमहिना यता ओली र नेपाल पनि सँगै देखिएका थिएनन् ।