एमाले अध्यक्ष ओली अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रम स्थगित गरियो

एमाले अध्यक्ष ओली अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रम स्थगित गरियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ बनेका छन् । उनको अस्वस्थताका कारण पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गरिएको छ । 

दसौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका ओलीले स्वास्थ्यमा समस्या देखिएपछि स्थगित गरिएको थियो । 

उनलाई  रूखाघोकीसहित ज्वरो आएको उनको सचिवालयले जनाएको छ । आज आयोजना गरिएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा समेत आफू नगएर उनले प्रदीप ज्ञवालीलाई पठाएका छन् ।

हाल ओली बालकोटस्थित निजी निवासमा आराम गरिरहेको सचिवालयले जनाएको छ । उनी विहान ८ बजेदेखि कोहीसँग भेटघाट गरेका छैनन् ।