मापदण्डविपरीत मासु पसल सञ्चालनमा

मापदण्डविपरीत मासु पसल सञ्चालनमा

वीरेन्द्रनगर : वीरेन्द्रनगर नगरपालिका सुर्खेतका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । नगरपालिकाको नेतृत्वमा आज गरिएको संयुक्त बजार अनुगमनको क्रममा यहाँको खोर्केलाइन, समावेशी चोक जुम्ला रोड, गण्डकी लाइन र हटिया क्षेत्रमा सञ्चालित मासु पसल नियम विपरीत सञ्चालनमा रहेको पाइएको हो ।

वीरेन्द्रनगर–६ कर्णाली मासु पसल ४ स्थित मास्की मासु पसल, भ्याली स्वच्छ मासु पसल र वी.न.पा.३ गण्डकीलाइनस्थित भेरी बङ्गुर तथा राँगा मासु पसल मापदण्ड विपरीत सञ्चालन रहेको नगरपालिकाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

मासु पसल सञ्चालनमा छन् तर धेरैले दर्ता विना नै सञ्चालन गरेको पाईयो,” अधिकृत पौडेलले भन्नुभयो, “दर्ता भएका पसल व्यवसायीले नवीकरणसमेत गरेका छैनन् ।” ढक तराजु व्यवस्थित नगरेको, मासु पसल नै दुर्गन्धित रहेको, कुहिएको मासु बिक्रीमा राखेको, मूल्यसूची नटाँसेको अवस्थामा पसल सञ्चालनमा रहेको अनुगमन टोलीले भेटाएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार अनुगमन क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गर्ने व्यवसायीलाई तीनदिन भित्र व्यावसायिक प्रमाणपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापाले मानव स्वास्थ्यमा खेलवाड गर्नेलाई कानूनी कारवाही हुने चेतावनी दिनुभयो ।