ओलीसँग पराजित भएपछि भीम रावलको प्रतिक्रिया : यस्तो हुन्छ भन्ने मलाई थाहा थियो

ओलीसँग पराजित भएपछि भीम रावलको प्रतिक्रिया : यस्तो हुन्छ भन्ने मलाई थाहा थियो

चितवन । नेकपा (एमाले) को महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि पूर्वउपाध्यक्ष भीम रावलले यस्तो मत परिणाम आउने आफूलाई पहिले नै थाहा भएको बताएका छन् ।

यस्तो मत परिणाम आउनेबारे थाहा हुँदा हुँदै पनि आफूले कदम चालेको अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि रावलले प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘यस्तो हुन्छ भन्ने मलाई पहिलै थाहा थियो । तर पनि मैले यस्तो कदम चालेको हुँ ।’

आज सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी ओलीले १८४० मत ल्याएर विजयी बनेका छन् भने प्रत्यासी रावलको पक्षमा २२३ मत खसेको हो । 

पदाधिकारी र केन्द्रीय सदस्यको मतपरिणाम घोषणा सभामामा रावल पनि उपस्थित भएका छन् । निर्वाचन आयोगले आधिकारिक निर्णय भने सुनाउन बाँकी छ । 

पार्टीको नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष निर्वाचित भएका थिए ।