ओलीका बिरुद्ध उभिएका चारै जना उम्मेदवार पराजित

ओलीका बिरुद्ध उभिएका चारै जना उम्मेदवार पराजित

काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका थिए ।

सहमतीय नेतृत्व चयनका लागि भन्दै ओलीले पेश गरेको प्रस्तावित सूचीलाई अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेताहरु निर्वाचनमा पराजित भएका छन् ।

ओलीको प्रस्तावलाई अस्वीकार गर्ने भीम रावल अध्यक्षमा ओलीसँगै पराजित बनेका छन्  भने उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

उनीहरुले प्राप्त गरेको मत केही बेरमा आधिकारिक रुपमा सार्वजनिक गरिनेछ भने त्यसअघि नै उनीहरु पराजित भएको समाचार बाहिरिसकेको छ ।