जाे ओली र रावल दुबैलाई मत नदिएर बसे

जाे ओली र रावल दुबैलाई मत नदिएर बसे

चितवन । एमाले एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन भएको छ । केही पदाधिकारीहरु सर्वसम्मत चयन भए । केही चुनावी प्रतिष्पर्धाबाट विजयी भए । 

जसमध्ये एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सहित सुरेन्द्र पाण्डे, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुवास नेम्वाङ विजयी भएका छन् । 

कूल २ हजार ९४ मत खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा ओलीले १८४० मत ल्याएर निर्वाचित भए भने उनका प्रत्यासी भीम रावलले २२३ मत ल्याएका छन् ।

तर कसैलाई पनि भोट नहाली ‘नो भोट’ गरी नेकपा एमालेमा ३३ जना महाधिवेशन प्रतिनिधि बसे । उनीहरुले नेतृत्वदेखि पदाधिकारी कसैलाई पनि भोट हालेनन् । दुवैलाई अध्यक्षमा अस्वीकार गरी बसेका हुन् ।