घनश्याम भुसाल पराजित, एमालेमा को को बने विजयी ?

घनश्याम भुसाल पराजित, एमालेमा को को बने विजयी ?

चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उपाधयक्षमा अष्टलक्ष्मी शाक्ले भारी मतले भुसाललाई पराजित गरेकी हुन् । भुसालले जम्मा ७३५ मत ल्याएका छन् भने शाक्यले १९७६ मत ल्याएकी हुन् ।

त्यस्तै उपाध्यक्षमा अध्यक्ष ओलीले प्रस्ताव गरेका नामहरु विजयी भएका छन् । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुवास नेम्वाङ विजयी बनेका हुन् । 

निर्वाचन आयोगले विजयीहरुको नाम केही बेरमा घोषणा गर्दैछ । त्यस्तै अध्यक्षमा भीम रावललाई भारी मतान्तरले पछाडि पार्दै केपी ओली विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा यसअघि नै ईश्वर पोखरेल सर्वसम्मत भइसकेका छन् ।