ओलीको सूचीमा नपरेकाहरू केन्द्रीय सदस्यमा निर्विरोध

ओलीको सूचीमा नपरेकाहरू केन्द्रीय सदस्यमा निर्विरोध

काठमाडौं । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सूचीमा नपरेका ४ जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । 

प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार र खुला महिलाबाट उषाकिरण तिमल्सेना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । 

आइतबार बेलुकी अध्यक्ष ओलीले १९ जना पदाधिकारीसहित ३०१ जना सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरेका थिए । तर सार्वजनिक उक्त सूचीमा उनीहरु अटाएका थिएनन् ।