एमाले महाधिवेशन : उम्मेदवारको सूची नै प्रकाशन भएन

एमाले महाधिवेशन : उम्मेदवारको सूची नै प्रकाशन भएन

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा मतदान केही समयपछि सुरु हुने कार्यतालिका छ । ९ बजेदेखि मतदान हुने कार्यतालिका भएपनि दिउँसो ३ बजे नै सार्वजनिक हुनुपर्ने उम्मेदवारहरुको अन्तिम नामावली अझै प्रकाशन भएको छैन । 

एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले  उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनका लागि अझै केही बेर लाग्ने बताएका छन् । 

अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिने छ । त्यसका लागि कम्तिमा ३ देखि ४ घण्टासम्म लाग्ने उनले बताए । 

सोमबार राति ९ बजेदेखि मतदान सुरु हुने जनाइएपछि अन्तिम नामावली प्रकाशित नहुँदा मतदान पनि ढिला हुने संकेत देखिएको छ । 

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुनेछ ।