मुलुकका लागि ओलीको नेतृत्व आवश्यक : रघुवीर महासेठ

मुलुकका लागि ओलीको नेतृत्व आवश्यक : रघुवीर महासेठ

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा केपी शर्मा ओलीले सार्वजनिक गरेको सूचीअनुसार सचिव पदमा उम्मेदवारी दिएका रघुवीर महासेठले एमालेमा केपी ओलीको नेतृत्व मुलुकका लागि आवश्यक रहेको बताएका छन् । 

सोमबार साँझ महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासेठले ओली नेतृत्व नेकपा एमालेका लागि मात्रै नभई सिंगो मुलुकका लागि आवश्यक भएको बताए । उनले मुलदुकलाई सही दिशामा लैजान ओली नेतृत्वबाहेक विकल्प नरहेको समेत दावी गरे । 

अध्यक्ष ओलीले आवश्यकता अनुसार पार्टी कमिटीमा मनोनित गर्नुलाई सामान्य भएको भन्दै यसअघि पनि यस्ता विभिन्न समयमा पार्टी कमिटीमा कतिपयलाई मनोनित गरेका उदाहरणहरु रहेको स्पष्ट पारे ।

उनले अहिले टीममा नपरेका केहीलाई आगामी तीन महिनाभित्र फेरि समेटेर अघि बढ्ने समेत जानकारी गराए । उनले भने, ‘केही साथी विभिन्न कारणले अहिले छुट्नु भएको छ, तर तीन महिनाभित्रै उहाँलाई पनि समेट्ने काम हुन्छ ।’

अहिले छुटेकाहरुलाई पनि समेटेर विभिन्न जिम्मेवारीमा राखेर पार्टी अगाडि बढ्ने उनले जानकारी दिए । 
नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी निर्वाचन केहीबेरमा मतदान सुरु हुँदैछ ।