मेरो हार–जीत प्रतिनिधिहरुको हातमा छ : भीम रावल

मेरो हार–जीत प्रतिनिधिहरुको हातमा छ : भीम रावल

चितवन। नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल अध्यक्ष पदको दावेदारी हुन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धामा उत्रिएका छन् ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरे पनि भीम रावललगायत नेता असहमत भएका थिए । उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी पनि दर्ता गराईसकेका छन् । मतदानअघि अध्यक्षमा प्रत्यासी रावललले आफ्नो प्रचारलाई आक्रमक बनाउँदै गएका छन् । उनी चौतर्फी चर्चामा छन् भने मिडियाले पनि उनलाई घेरेको छ । 

महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरुसँग भोट मागिरहेका रावललाई ‘हार्ने जान्दाजान्दै किन लड्न लाग्नुभाको ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै आफू हार्ने वा जित्ने प्रनिनिधिको हातमा भएको बताएका छन् । उनले अध्यक्ष जितेमा पार्टीलाई बहुमत ल्याउने स्तरमा पुर्याउने दाबी गरेका छन् । 

उनले प्रतिनिधिको अधिकारलाई कुण्ठित नगर्न सञ्चारकर्मी र अन्य नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् । 
ओलीले दुई दिनसम्म दिनभर प्रतिनिधिहरुलाई दुःख दिएको र रातभर सुत्न नदिएर बैठक राखेकोप्रति आलोचना गरेका छन् ।

उनलेउ प्रनिनिधिहरुको अधिकारलाई कुण्ठित गर्न नमिल्ने भन्दै भने, ‘प्रतिनिधिहरु सार्वभौम हुनुहुन्छ, उहाँहरुले मत दिनुभयो भने मैले पनि जित्न सक्छु, उहाँहरुको अधिकारलाई सम्मान गर्नुपर्छ ।’