एमाले महाधिवेशन : राति नौ बजेदेखि मतदान

एमाले महाधिवेशन : राति नौ बजेदेखि मतदान

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्विरोध हुन नसकेका पदका लागि आज राति ९ बजेदेखि मतदान हुँदैछ ।

३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेकाहरुको हकमा मतदान प्रक्रिया सुरु हुन लागेको हो । मतदान राति १ बजेसम्म जारी रहनेछ । 

 अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेका छैनन् । 

निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन आयोगले भने मतदानको संशोधित कार्यतालिकाको समय सार्वजनिक गरेको हो ।