एमाले केन्द्रीय कमिटीको सूची प्रिन्ट, अध्यक्षमा ओली वरिष्ठ उपाध्यक्ष र महासचिवको नाम खाली

एमाले केन्द्रीय कमिटीको सूची प्रिन्ट, अध्यक्षमा ओली वरिष्ठ उपाध्यक्ष र महासचिवको नाम खाली

सौराहा । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीको सूची प्रिन्ट गरेका छन् । जहाँ अध्यक्षमा केपी शर्मा ओलीको नाम लेखिएको छ भने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम लेखिएको छ । उक्त पद मात्रै उल्लेख गरिएको छ । 

पार्टी अध्यक्ष ओलीले तयार पारेको सूची अध्यक्षमण्डलको बैठकमा पेस गरेपछि पौडेलले फेरि प्रिन्टगरेका हुन् ।

अब सो प्रिन्टलाई अध्यक्ष मण्डलले फाइनल गर्नेछ भने त्यसपछि अध्यक्ष ओलीले बन्दसत्रमा पेस गर्नेछन् । 

शीर्ष नेतृत्वहरुको सहमतिको संकेत पाएपछि नेता तथा प्रतिनिधिहरु बन्दसत्र हुने हलमा प्रवेश गर्दैद्धछन् । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नामावली तयार पर्ने प्रयास गर्दा ढिलाइ भएको छ ।

केही नेताहरूले ८ बजेबाट बन्दसत्र सुरु हुने बताए पनि सुरु हुन सकेको छैन ।