पाेखरेल र नेम्वाङलाई मिलाउन ओलीसहित छलफलमा जुटे नेताहरू

पाेखरेल र नेम्वाङलाई मिलाउन ओलीसहित  छलफलमा जुटे नेताहरू

चितवन । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा ‘वरिष्ठ उपाध्यक्ष’ पदले विवाद उत्पन्न हुने देखिएपछि सो पद नै खारेज गर्ने विषयमा नेताहरु छलफलमा जुटेका छन् । 

अध्यक्ष केपी शर्मा ओली सहित नेताहरू ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायत अहिले छलफलमा जुटेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दावी गरेपछि विवाद भएको हो ।