टिका लगाएर अध्यक्ष बनाउन पाइँदैनः रावल

टिका लगाएर अध्यक्ष बनाउन पाइँदैनः रावल

चितवन । नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले टिका लगाएर अध्यक्ष बनाउन नपाइने बताएका छन् । आफूनिकटकालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दैै उनले टिका लगाएर अध्यक्ष बनाउन नपाइने बताएका हुन् । 

जति भोट आएपनि लड्ने रावलको भनाई उदृत गर्दै एक नेताले भने ‘निर्वाचन प्रक्रियामा गए ठिक छ, अन्यथा बहिष्कार गर्ने योजनामा हुनुहुन्छ रावल ।’

केही दिनअघि नै अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका रावललाई अध्यक्ष ओलीले उपाध्यक्षमा राख्ने तयारी गरेको भएपनि रावल अध्यक्ष बाहेकका पदमा नलड्ने अडान लिएको स्रोतले बतायो । 

उनी आफू निकटहरुलाई पनि मतदान प्रणालीमा सहभागी हुन र आफूलाई सहयोग गर्न अपिल गरिरहेका छन् ।