ओलीले भाषण गरिरहँदा बीचमै उठेर हिँडे विदेशी पाहुना

ओलीले भाषण गरिरहँदा बीचमै उठेर हिँडे विदेशी पाहुना

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा भाषण गरिरहँदा बीचमै विदेशी अतिथि हिँडेका छन् ।

चितवनमा जारी पार्टीको १०औं महाधिवेशनको बन्द सत्रमा उपस्थित भएर शुभकामना दिएका विभिन्न राजीतिक दलका विदेशी पाहुनाहरु अध्यक्ष ओलीले भाषण गरिरहँदा बीचमै उठेर हिँडेका हुन् ।

कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका अम्दुल्लाह अल काफी चौधरी, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का जोगिन्दर शर्मा, भारतीय कम्युनिष्ट पार्टीका पल्लव सेन गुप्ता, कम्बोडियन पिपुल्स पार्टीका स्वोस याराले नेकपा एमालेलाई शुभकामना दिएर ड्यासमा बसेका थिए । 

तर पार्टी अध्यक्ष ओलीले भाषण लामो गरेपछि उनीहरु भाषणकै बिचमै उडेर हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोडेका थिए ।

ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उनले सम्बोधन रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरी बोल्न सुरु गरेका थिए ।