केही अभागीलाई खाने बेलामा रिस उठ्यो, पार्टी फुटाए :  ओली

केही अभागीलाई खाने बेलामा रिस उठ्यो, पार्टी फुटाए :  ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ बहुमत नजिकको सरकार सुचारु भइरहेको अवस्थामा केही अभागीहरुलाई खाने बेला रिस उठेपछि पार्टी फुटाएको आरोप लगाएका छन् । 

चितवनमा जारी एमाको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको प्रसंगमा यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी दुईतिहाइ नजिक थियो । तर केही अगाभीलाई खानेबेला रिस उठ्यो ।’ उनले थपे, ‘केही अभागीलाई रिस उठ्यो । रिस उठेर भूइँमा पछारे, ल खा भनेर । चैतमा पार्टी महाधिवेशन हुँदैथियो, म नेतृत्व गर्न इच्छुक छैन, गर्नुस् भन्या थे । चैतमा महाधिवेशन पर्खन नसकेर पुसमै पार्टी फुटाइयो ।’

 शर्मा ओलीले आफू सरकारबाट हटेपछि देशमा अस्थिरता आएको बताएका छन् । अहिले आर्थिक अनियमितता बढी हुने गरेको भन्दै मुलुकमा अस्थिरता बढेको बताए । 

नेकपा गठन भएको सुरुदेखि नै एमालेविरुद्ध षड्यन्त्र भएको भन्दै पार्टीभित्रकै नेताहरु उक्त षडयन्त्रमा लागेको आरोप लगाए ।