पूर्वलडाकु र घाइतेको व्यवस्थापन प्रचण्डले गर्न सकेनन्, अब एमालेले गर्छ : ओली

पूर्वलडाकु र घाइतेको व्यवस्थापन प्रचण्डले गर्न सकेनन्, अब एमालेले गर्छ : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले पूर्व लडाकूको व्यवस्थापन गर्न नसकेकोप्रति टिप्पणी गरेका छन् । 

शुक्रबार चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी सरकारमा गएपनि नगएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वलडाकूको व्यवस्थापन र घाइतहरुको उपचारलगायतमा ध्यान नदिएको आरोप लगाए ।

अध्यक्ष ओलीले घाइते पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने पनि बताए । अब धेरै पूर्वलडाकूहरु नेकपा एमालेमा प्रवेश गर्न लागेको भन्दै सबैको व्यवस्थापन र उपचार पार्टीले गर्ने पनि दावी गरे । 

अध्यक्ष ओलीले माओवादीले जनयुद्ध लडेका लडाकूलाई बिर्सेर मेयर र मन्त्री आफ्ना आफन्तलाई बनाएको आरोप लगाउँदै मनपरेका मानिसलाई १० हजार बाँडेर समस्या समाधान नहुने धारणा व्यक्त गरे ।