एमालेकाे महाधिवेशन उद्घाटनमा लिलामणि पोखरेलले भने, 'यक्लो यात्राले कही पुगिँदैन'

एमालेकाे महाधिवेशन उद्घाटनमा लिलामणि पोखरेलले भने, 'यक्लो यात्राले कही पुगिँदैन'

चितवन । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लो यात्रा गरेर कही नपुगिने जिकिर गरेका छन् । 

शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा नेता पोखरेलले  विभाजन र एकता कम्युनिस्ट आन्दोलनमा ७० वर्षदेखि रहेको भन्दै केही काल पार्टी एकता गरेर एकै ठाउँ रहे पनि केही भिन्न मान्यता र परिवेशका कारण अलग हुन पुगेको स्पष्ट पारे । उनले भने, ‘एक्लो यात्राले राष्ट्रिय स्वाधीनता, जनताको सच्चा लोकतन्त्रको विकास र समृद्धि हासिल गर्न कठिन हुन्छ ।’

नेकपा एमालेलाई लक्षित गरी उनले एक्लो यात्रा गरेर कही नपुग्ने धारणा व्यक्त गरे । उनले कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले नै सिकाएको प्रस्ट पारे ।

नेता पोखरेलले सामजिक शक्तिबीच द्वन्द्व र एकता स्वाभाविक रहेको पनि धारणा व्यक्त गरे । द्वन्द्व नभए सामजिक विकास रोकिने भन्दै मतभेद र तितक्ता भएपनि विकासका लागि सहकार्य गर्न आवश्यक रहेको बताए ।