एमाले १० औं महाधिवेशनका लागि बागमती प्रदेशबाट प्रतिनिधि चयन

एमाले १० औं महाधिवेशनका लागि बागमती प्रदेशबाट प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि बागमती प्रदेशबाट प्रतिनिधि चयन भएका छन् । बागमती प्रदेशका १३ जिल्ला तथा अन्य सङ्गठनहरुबाटसहित कुल ३२७ जना प्रतिनिधि चयन भएका हुन् ।

महाधिवेशनका लागि भक्तपुरबाट १७ जना, सिन्धुलीबाट ३१ जना, काभ्रेपलाञ्चोकबाट ३४ जना, ललितपुरबाट १८ जना, रामेछापबाट २६, धादिङबाट २२, चितवनबाट २८, मकवानपुरबाट १७ जना, दोलखाबाट २३ जना, सिन्धुपाल्चोकबाट ३१, रसुवाबाट ७, काठमाडौंबाट ४६ र नुवाकोटबाट १९ जना प्रतिनिधि चयन भएको नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

त्यस्तै नेकपा एमाले बागमती प्रदेश कमिटीबाट ५ जना, बागमती प्रदेश मजदूर क्षेत्रबाट ७ र बागमती प्रदेश सम्पर्क मञ्चबाट ६ जना चयन भएका छन् ।