जनकपुरधाम । नेकपा (एमाले)को आसन्न १०औं महाधिवेशनका लागि प्रदेश २ का आठ जिल्लाबाट २३२ प्रतिनिधि छनोट भएका छन् ।
प्रदेश २ को रौतहट र महोत्तरीमा प्रतिनिधि छनौटमा विवाद भएका कारण ती जिल्लाहरुले प्रतिनिधिको नाम सार्वजनिक गरेको छैन भने अन्य छ जिल्लाले भने महाधिवेशनका लागि नाम सार्वजनिक गरेको छ ।
महाधिवेशनका लागि धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिराहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७, बाराबाट ३८ र पर्साबाट २७ जना प्रतिनिधि छनोट भएको एमाले प्रदेश २ का सचिव मनोज खड्काले जानकारी दिएका छन्।
त्यस्तै, प्रदेश कमिटीले पाँच जना मनोनीत गरेको छ भने मजदूरबाट सात जना छनोट भएका छन् ।
प्रदेश २ बाट एमाले महाधिवेशन प्रतिनिधिः
सप्तरी : उत्तमकुमार गौतम, बच्चुलाल चौधरी, वौधराज सुवेदी, देवनाथ यादव, शैलेन्द्रचन्द्र झा, सरिता गिरी, ईश्वरी पोखरेल, अखलेश झा, सुकराम यादव, जयप्रकाश ठाकुर, अम्बिका मण्डल, विश्वनाथ मण्डल, ताराकान्त चौधरी, अवदुल मजिद साकीर, मिन्तु चौधरी, दुर्गानन्द ठाकुर, देवनारायण चौधरी, दिनेश्वरप्रसाद यादव, राधाकुमारी श्रेष्ठ पासवान, पञ्चदेव मण्डल रहेका छन् ।
धनुषा : राजकिशोर यादव ‘राकेश’, लक्ष्मीनारायण यादव, तेजनारायण यादव, असर्फी भिन्वार यादव, हरिकिशोर यादव, देवनारायण राय, केदारकुमार अधिकारी, योगकुमार यादव, दीपेन्द्रकुमार यादव, सवितादेवी यादव, उर्मिला पासमान, फूलकुमारी देवी महतो, निलुदेवी कापर, सञ्जीवकुमार झा, सुशीलकुमार दास, जयप्रकाश सुनरैत यादव, रामचन्द्र मण्डल, उमाशंकर साह र बेचन दास रहेका छन्र ।
त्यस्तै सुरेशप्रसाद यादव, हलखोरी कापर, प्रतीक्षा तिवारी, नन्दकुमारी ठाकुर, मीनादेवी साह, महोमद कैस, शिवशंकर साह ‘हिरा’, श्याम पुर्वे, रामबाबु पञ्जियार, सीता सरन यादव, रामबाबु साह, सञ्जितकुमार मण्डल, सुशील यादव, रिंकुकुमारी मण्डल, मन्जु महतो, इन्दिला यादव, रेनुदेवी साह, टंकप्रसाद बराल, भोजबहादुर बरुवाल, रामखेलाउन महतो, हिरालाल महतो, दिलीप लामा, महेन्द्र यादव, रामकुमार महतो, कमलकिशोर चौधरी, भोला यादव, अनिलकुमार यादव, लीलादेवी शर्मा, तारा बस्नेत लामा, संयोगिता साह, भारती सिंह, पल्टीदेवी महरा, अम्बिका विश्वकर्मा, सुमन विश्वकर्मा चयन भएका छन् ।
बारा : त्रिलोक चौधरी, एकबहादुर श्रेष्ठ, महेन्द्र जैसवाल, गणेश जिम्बा, केवल चौधरी, सुरेश यादव, मखन पासवान, चन्द्रदेव चौधरी, विनोद साह, अध्यानन्द पाण्डे, रवीन्द्रदास श्रेष्ठ, एम। समिउल्लाह, अशोक लामा, देवनारायण चौधरी, मनोज पौडेल, मोबिन आलम, सोचन यादव, भरत घले, ध्रुवप्रसाद यादव, उमेश कुशवाहा, अन्जु नेपाली, ज्ञानु केसी, कमला घिमिरे, सरस्वती चौधरी, सुगन्धीदेवी साह, वन्दना सिंह, प्रतिमा मैनाली, तुलसा मैनाली, रामनाथ बैठा र लक्ष्मी नेपाली छनाैट भएका छन् ।
सर्लाही : मनोज देवकोटा, रामबहादुर खड्का, राजनारायण साह, जयप्रकाश यादव, हरि उप्रेती, रामबहादुर राय यादव, रेवती पन्त, राजकुमार उप्रेती, रञ्जना सरकार, रेखा साह, ममतादेवी सिंह, कल्पना कटुवाल, शम्भु पासवान रहेका छन् ।
पर्सा : इस्लाम हवारी, बसरुद्दीन अन्सारी, अरविन्द सिंह, शम्भु गुप्ता, नवराज शर्मा, गोकर्ण पाठक, महेश दास, केदार तिवारी, राजकुमार गुप्ता, प्रद्युम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेजप्रकाश निषाद, सञ्जीव मिश्र, जयप्रकाश थारू, मनोज गुप्ता, जोगिन्द्र साह, ठाकुर न्यौपाने, मुना दहाल, सुभद्रा बन्जारा, वीणा शर्मा, मीना साह, लक्ष्मी कुशवाह, मीना गिरी, प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ बच्चन दास, सन्तोष पासवान र नविया गोसाईं छन् ।
सिराहा : राजेन्द्रप्रसाद चौधरी, रामशंकर यादव, रामऔतार यादव, नरेन्द्रराज पोखरेल, रामईश्वर साह, चन्द्रेश्वर मण्डल, नवीनकुमार यादव, पुष्पलाल पाख्रिन, रामपुकार साह, प्रदीप महासेठ, गीता चौधरी, निर्मला बाँस्तोला, सम्झना थपलिया, कल्याणी ढुंगाना, रामप्रीत राम र रामस्वरूप सदा छनाैट भएका हुन् ।