रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोग श्रीमान पक्राउ

रुपन्देही : रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सियारी गाउँपालिका ३ सितापुरका ३० वर्षीय सनी कुमाललाई ३० वर्षीया श्रीमती कान्छी सुवेदी (कुमाल) लाई धारिलो हतियार ‘ह्याम्मर’ प्रहार गरी हत्या गरेको अभियोगमा रूपन्देही प्रहरीले मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

उनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई ह्याम्मर प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु थियो।घटना हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुमाललाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको रूपन्देही प्रहरीले जनाएको छ।