बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईँको आरोप : चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले घुस मागे

बीएण्डसी मेडिकल कलेजका सञ्चालक  प्रसाईँको आरोप : चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले घुस मागे

झापा : बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंँले कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन २० करोड रुपैयाँ घुस मागिएको आरोप लगाएका छन् ।

झापामा रहेको बीएण्डसी कलेजका सञ्चालक प्रसाईँले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको आरोप लगाएको हो ।

प्रसाईँले बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले त्यही दिन बेलुकी एउटा होटलमा बोलाएर घुस मागेको दावी गरेका छन् ।

आफूले रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको प्रसाईँको आरोप छ । यसैबीच चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आरोपबारेमा प्रतिक्रिया दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्न लागेको बताए ।