दोलखामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

दोलखामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं : दोलखामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दोलखाको भिमेश्वर नगरपालिका ३ स्थित सडकमा ना ६ त १८१३ नम्बरको ट्याक्टर मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए ।

मृत्यु हुनेमा भिमेश्वर नगरपालिका ३ बसपार्क नजिकै डेरा गरी बस्ने रामेछाप नगरपालिका ४ घर भएका २२ वर्षीय यमराज मगर रहेका छन् । मगरको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।