सशस्त्रका असई र हवल्दारद्धारा विद्युत प्राधिकरणका कर्मचारीमाथी कुटपिट

सशस्त्रका असई र हवल्दारद्धारा विद्युत प्राधिकरणका कर्मचारीमाथी कुटपिट

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि सशस्त्र प्रहरीका दुई जनाले कुटपिट गरेका छन्। मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक प्रविण राई र हवल्दार छबिन्द्र राईले उक्त टोलीमाथि आक्रमण गरेको जोरपार्टी विद्युत वितरण केन्द्रका प्रमुख अमृत अधिकारीले जानकारी दिए।

मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का माथि आक्रमण गरेर घाइते बनाएको अधिकारीले बताएका छन्। कुटपिटबाट खत्री र खड्का घाइते भएका छन् ।

घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ। घाइते दुवैको अहिले जोरपार्टीको अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको अधिकारीले बताए।

मर्मतको काम सकेर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका २ प्रहरीले आक्रमण गरेका थिए। आक्रमणकारीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु गृहमन्त्रालयमा कार्यरत रहेको बताइएको छ।