पर्सामा आफ्नै छोरीको हत्यामा संलग्न आमासहित चार जना पक्राउ

पर्सामा आफ्नै छोरीको हत्यामा संलग्न आमासहित चार जना पक्राउ

पर्सा : पर्सामा आफनै १५ वर्षीय छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका ९ शिवबर्वाकी आमा ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय काका सन्तोष महतो तत्वा र वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् भने पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

घरदेखि करिब २ किलोमिटर उत्तरतर्फ रहेको खोला नजिकै जलाएर शव गाडेको छ भन्ने सूचनाको आधारमा प्रहरीले जलेको अवस्थामा पुनिताको शरीरको आंशिक भाग मात्र फेला पारेको थियो । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।