काठमाडौमा अनलाइनमार्फत ठगी गर्ने गिरोह पक्राउ

काठमाडौमा अनलाइनमार्फत ठगी गर्ने गिरोह पक्राउ

काठमाडौ : काठमाडौको विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । उपत्यकामा अनलाइनमार्फत विभिन्न व्यक्तिलाई झुटा कुरा सम्प्रेषण गरी लाखौँ रकम ठगी गरेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरीएको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।