झापामा नक्कली नोटसहित दुई जना पक्राउ

झापा : झापाको विर्तामोडबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका ५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ५ का ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका ४ का २५ वर्षीय किरण खवास रहेका छन् । पक्राउ परेका दुई जना माथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।