साँखु मालपोत कार्यालयका नायव सुब्बा घुस रकमसहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटालाई घुस रकमसहित पक्राउ गरेको छ ।

लेखापढी ब्यवसायी सापकोटासँग दृष्टी बन्दकको लिखित पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नायव सुब्बा कुइँकेलसहित सापकोटालाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई मालपोत कार्यालय साँखु परिसरबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।