काठमाडौंमा मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ

काठमाडौंमा मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ

काठमाडौं : काठमाडौंबाट मंगलबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याई रहेको अवस्थामा तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।