दलित भएको भन्दै परीवारको मिलेमत्तोमा श्रीमतीको हत्या, दुई वर्षपछि हत्यारा पक्राउ

दलित भएको भन्दै परीवारको मिलेमत्तोमा श्रीमतीको हत्या, दुई वर्षपछि हत्यारा पक्राउ

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवारनै मिलेर हत्या गरेको रहस्य २ बर्षपछि प्रहरीले पत्ता लगाएको छ। जिल्लाको कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य पत्तालागेको हो।

२०७४ साल कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सढेको अवस्थामा शव फेला परेको थियो।लामो अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए।

कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपश्चात बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत २३ मंसिरमा नियन्त्रणमा लिइएको डिएसपी केसीले बताए। ‘सुजनलाई पक्राउ गरेपछी अन्य दुईजना काठमाडौंमा रहेका खुल्नासाथ पक्राउ गरेको हो ।

फरार तीनैजना पक्राउ गर्न अनुसन्धानका क्रममा फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछी परिवार नै मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र जिल्ला अदालत उदयपुरमा आइतबार पेश गरिएको छ।

अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको डिएसपी केसीले बताए। मृतक संगिताको परिवारले २ बर्ष अघि नै प्रहरीमा जाहेरी दिएको थियोे। घटनापश्चात् भारतको दार्जिलिङ पुगेका उनीहरु त्यसपछि नेपाल आएका थिए।

सुराकीका आधारमा सुजन कार्की फेला परेपछि नैनबहादुर र युवराज काठमाडौंबाट पक्राउ परेका थिए। पक्राउ गर्नका लागि ईलाका प्रहरी कार्यालय कटारीबाटै प्रहरी खटाईएको थियो। ‘परिचय कार्यक्रममै यो घटना रहस्यमय रहेको गुनासो आएपछि गम्भीर रुपमा अनुसन्धानमा लागेका डिएसपी केसीले बताए । डिएसपी केसिको सक्रियतामा हत्या भएको २ वर्ष लामो अनुसन्धानपछी प्रहरीले हत्याराहरुलाइ नियन्त्रण लिन सफल भएको हो ।