कैलाली : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कन्चनपुरले कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार घुससहित पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका १२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिँदै गरेको अवस्थामा दुबै जना पक्राउ परेका हुन् । कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले डोजर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
उक्त डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।