नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुद मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुद मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले युवा तथा खेलकुद मन्त्रीलाई आइतबार ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई खेल पोसाक ट्रायकसुट सहित बिदाइ गर्ने कार्यक्रम आयोजना गरिएकोमा नेपाल बक्सिङ सङ्घले पूर्व सूचना गर्दा गर्दै पनि खेलाडीहरूलाई उपस्थिति हुन रोक लगाएको प्रति नेपाल बक्सिङ सङ्घका पदाधिकारीहरू र प्रमुख प्रशिक्षकले देखाएको खेल भावना र खेलकुद क्षेत्रलाई बदनाम बनाउने कार्यको भर्त्सना गर्दै त्यस्ता कार्य गर्नेहरूलाई छानबिन गरी कार्यवाही गर्न सङ्घका अध्यक्ष दीपक गुरुङले युवा तथा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपाल बक्सिङ सङ्घका केही पदाधिकारी र मुख्य प्रशिक्षकले व्यक्तिगत दुराशय र वैमनस्यताका कारण बिदाइ कार्यक्रममा उपस्थती जनाएमा खेलाडीहरूलाई कार्यवाही गर्ने धम्की दिँदै उपस्थिति हुन रोक लगाएकोले छानबिन गरी त्यस्ता खेल भावना विपरीत कार्य गरी खेल क्षेत्रको बदनाम गर्ने पदाधीकारीहरुलाई यथा शीघ्र कार्यवाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री समक्ष नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको हो ।


खेलकुद मन्त्री महेश्वर गहतराजले ध्यानाकर्षण पत्र बुझ्दै के कस्तो भएको हो त्यसको बारेमा छानबिन गरी निर्णय गर्ने बताए । यस्तै सङ्घले राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सचिव एवं विभागीय प्रमुख कुलबहादुर थापा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलाई पनि उक्त आशय सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । सचिव थापा र अध्यक्ष श्रेष्ठले पनि खेलाडीहरू सवैका साझा सम्पत्ति भएका र नियोजित रूपले कसै सँगको व्यक्तिगत कारण खेलाडीहरूलाई मुछेर खेल भावना विपरीत कार्य गर्न नहुने भन्दै यसका बारेमा छानबिन गर्ने बताए ।